२०८३ कात्तिक १० गते सोमबार

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ९ गते आइतबार ०१:३०

उनले भनिन्, ‘हाम्रो टेन्डर नै परिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट साइन भएर अगाडि पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ । बहुवर्षीय भइसकेको छ, त्यही भएर यो कम्प्लिसनतिर जाँदैछ । एक्ज्याक्ट शिलान्यासको डेट त भन्न गाह्रो हुन्छ । तर हुन्छ, चाँडै नै हुन्छ । यहीँ बन्छ ।’

काटमाडौँ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रश्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छिन् ।

धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै उनले ट्रमा सेन्टर निर्माणको लागी टेन्डर प्रक्रिया पूरा भइसकेको बताएकी हुन् ।

उनले स्वास्थ्य मन्त्रालयबाट आवश्यक तयारी पुरा गरेर पूर्वाधार विकास मन्त्रालयमा फाईल पुगिसकेको जानकारी दिइन् ।

उनले ट्रमा सेन्टर निर्माणको शिलान्यास छिट्टै गर्ने पनि बताइत् । सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउने तथा उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो ।

उनले भनिन्, ‘हाम्रो टेन्डर नै परिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट साइन भएर अगाडि पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ । बहुवर्षीय भइसकेको छ, त्यही भएर यो कम्प्लिसनतिर जाँदैछ । एक्ज्याक्ट शिलान्यासको डेट त भन्न गाह्रो हुन्छ । तर हुन्छ, चाँडै नै हुन्छ । यहीँ बन्छ ।’

मन्त्री मेहताले आइतबार धनुषाको ढल्केवरस्थित प्रश्तावित निर्माणस्थलको स्थलगत अवलोकन गरेकी हुन् ।

ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो ।

मिथिला नगरपालिका–७ स्थित प्रश्तावित निर्माणस्थलका लागि चार बिघा जग्गा प्राप्ति समेत भइसकेको छ । यहाँका स्थानियले लामो समयदेखि ढल्केवरमा ट्रमा सेन्टर निर्माणको काम अगाडी बढाउन माग गर्दै आएका छन् ।

प्रकाशित मिति २०८३ कात्तिक ९ गते आइतबार ०१:३०
हजुरको प्रतिक्रिया