२०८३ कात्तिक १० गते सोमबार

बुधबार पोखराका १२ सहित गण्डकी प्रदेशमा ६६ संक्रमित थपिए

बुधबार पोखराका १२ सहित गण्डकी प्रदेशमा ६६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २१ गते बुधबार १२:५७

पोखरा । गण्डकी प्रदेशमा बुधबार ६६ संक्रमित थप भएका छन । पोखरा महानगरपालिकाका १२ जना सहित प्रदेशमा ६६ जना संक्रमित थप भएको गण्डकी प्रदेस स्वास्थ्य निर्देशनालयले दिउँसो १२:१५ बजे जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बुधबार पोखरा महानगरपालिका...

२९ जना नेपाल आर्मी एकैपटक संक्रमित

पोखरा । गण्डकी प्रदेशमा बुधबार ६६ संक्रमित थप भएका छन । पोखरा महानगरपालिकाका १२ जना सहित प्रदेशमा ६६ जना संक्रमित थप भएको गण्डकी प्रदेस स्वास्थ्य निर्देशनालयले दिउँसो १२:१५ बजे जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बुधबार पोखरा महानगरपालिका वडा नं १६ मा २ महिलासहित ३ जना, पोखरा- ८ र १७ मा एक/एक महिला र एक/एक पुरुष गरि ४ जना, पोखरा-३, ६,९,१२ र २१ मा एक/एक जना संक्रमित बनेको निर्देशनालयले जनाएको छ ।

यता, बाग्लुङ्मा बुधबार ३२ जना संक्रमित थपिएका छन । जसमध्ये बाग्लुङ-२ का २७ जना पुरुष नेपाल आर्मीमा र ३८ बर्षीय १ जना पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन भने बाँकि भारतबाट फर्किनेहरुमा संक्रमण देखिएको हो । यस्तै, बर्दघाट सुस्ता पुर्व नवलपरासीमा १३ जना, तनहुँमा ४ जना, लमजुङ्मा ३ जना र म्याग्दीमा २ जना संक्रमित थपिएका छन ।

बुधबार संक्रमण पुष्टि हुनेहरुमा तनहुँ जिल्ला, ब्यास-१२ का संक्रमित कृषि सामग्री कम्पनि लि. मा कार्यरत कर्मचारी र तनहुँ जिल्ला, ब्यास नगरपालिकाका ५१ बर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन । म्याग्दीमा भेटिएका संक्रमित दुवैजना नेपाल आर्मीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३७५ पुगेको छ |

प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार १२:५७
हजुरको प्रतिक्रिया