२०८३ साउन २१ गते बिहीबार

बुधबार एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाकाे निधन

बुधबार एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाकाे निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २१ गते बुधबार ०५:५१

पाेखरा । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै आजसम्म निधन हुनेको संख्या ५७८ पुगेको छ । यस्तै, देशभर कोरोनाभाइरस संक्रमितको...

संक्रमितको संख्या २५ हजार नाघ्याे

पाेखरा । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै आजसम्म निधन हुनेको संख्या ५७८ पुगेको छ ।

यस्तै, देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०५:५१
हजुरको प्रतिक्रिया