पोखरा
अघिल्लो निर्वाचनबाट कास्की क्षेत्र नम्बर २ ‘क’बाट प्रदेश सभामा नेकपा माओवादीबाट निर्वाचित भएर दोस्रो पटक दोहोरिने दाउमा छन्, दीपक कोइराला । प्रदेश सभामा पाँचै विकास समिति सभापति भएर कार्यकाल पूरा गरेका उनी यसपटक नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारसँग प्रतिस्पर्धा गर्दैछन् ।
रोचक यो छ कि, अघिल्लो पटक कोइराला एमालेकै समर्थनमा बाम गठबन्धनबाट प्रदेश सभामा विजयी हुँदै गर्दा प्रतिनिधि सभामा नेकपा एमालेका अधिकारी विजयी भएका थिए । तर, यसपटक दुवै एकअर्कासँग प्रतिस्पर्धामा छन् ।
तर, उम्मेदवार कोइरालाले अघिल्लो पटकभन्दा यसपटकको निर्वाचनमा आफूलाई सहज भएको बताएका छन् ।
‘अघिल्लो पटकको निर्वाचनभन्दा यसपटक मलाई सहज छ । किनभने अघिल्लो पटक पहिलो पटक निर्वाचनमा सहभागी थिएँ,’ कोइराला भन्छन्, ‘लामो समय राजनीतिक जीवनमा बिताएँ । पार्टीमा पूर्णकालीन कार्यकर्ताका रुपमा काम गरें । तर, निर्वाचन लडेकै अनुभव थिएन ।’
कास्की क्षेत्र नम्बर १ ‘क’मा रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाको २६, २७, २९, ३०, ३१ र ३२ वडा पर्छन् ।
पब्लिक टेलिभिजनले आसन्न प्रतिनिधि तथा प्रदेश सभा लक्ष्य गरी निर्वाचन विशेष ‘इलेक्सन वाच’ कार्यक्रम चलाइरहेको छ ।
प्रस्तुत छ, इलेक्सन वाचमा प्रस्तोता रघुनाथ वाग्लेसँग कास्की क्षेत्र नं. १ ‘क’मा सत्तारुढ ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कोइरालासँगको कुराकानीः
प्रकाशित मिति २०७९ कात्तिक २८ गते सोमबार ०७:२२

