२०८३ कात्तिक ११ गते मंगलबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानको आज पहिलो दिन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानको आज पहिलो दिन

दुर्गा रानामगर

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०६:४१

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण अर्थात् क्यालिब्रेसन उडान सुरु भएको छ । पोखराको विमानस्थलमा शनिबार आइपुगेको एरो थाई कम्पनीको जहाजले आज क्यालिब्रेसन उडान भरेको थियो । विहान यान्त्रिक परीक्षणका...

चरा धपाएर एरो थाई जहाज विमानस्थलमा अवतरण

पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण अर्थात् क्यालिब्रेसन उडान सुरु भएको छ । पोखराको विमानस्थलमा शनिबार आइपुगेको एरो थाई कम्पनीको जहाजले आज क्यालिब्रेसन उडान भरेको थियो ।

विहान यान्त्रिक परीक्षणका लागि उडान भरेको एरो थाई जहाज दिउसो पुन: एयरपोर्टमा अवतरण गरेको थियो । त्यसपश्चात पुन: उडान भरेर जाँच गर्दै साझ करिब ५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए । यान्त्रिक उडानले एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएको सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गर्छ ।

एरो थाई कम्पनीको पाइलटसहित नेपाल आएको टोलीले आज पहिलो दिन क्यालिब्रेसन उडान गरेको हो । मंसिर १२ गतेसम्म एक साताको यान्त्रिक परीक्षण पछि प्राप्त हुने प्रतिवेदनले विमानस्थल उडानका लागि तयार भए–नभएको प्रमाण गर्नेछ । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले क्यालिब्रेसन उडान सकिएको ३ हप्तापछि परीक्षणको प्रतिवेदन आउने बताए ।

क्यालिब्रेसन उडानका लागि चराको गतिविधिलाई कम गर्न आज विहानैदेखि चरा धपाउन गाडीले पेट्रोलिङ गरेको विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए । परीक्षणको समयवधि भर यसरी नै चरा धपाउने कार्य गरिनेछ । यस्तै ल्यान्डफिललाई छोप्ने प्रक्रिया पनि सुरु भएको उनले सुनाए । पोखरा महानगरलाई मंसिर ५ देखि फोहोर नफाल्न आग्रह गरेतापनि महानगरले भने मसिंर २८ देखि ल्यान्डफिल साइटमा फोहोर नफाल्ने लिखित पत्र पठाएको जोशिले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आगामी पुस १७ देखि व्यवसायिक उडान गर्ने घोषणा गरेको छ । सोही प्रक्रिया अन्तरगत अहिले क्यालिब्रेसन उडान भइरहेको हो ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०६:४१
हजुरको प्रतिक्रिया