२०८३ साउन २१ गते बिहीबार

डा श्रेष्ठको शोकमा शुक्रबार गण्डकी अस्पतालको ओपीडी बन्द हुने

डा श्रेष्ठको शोकमा शुक्रबार गण्डकी अस्पतालको ओपीडी बन्द हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २२ गते बिहीबार ०८:५९

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत आवसीय चिकित्सक डा किरण श्रेष्ठको शोकमा शुक्रबार प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल अस्पतालको ओपीडी सेवा बन्द गर्ने भएको छ ।

पोखरा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत आवसीय चिकित्सक डा किरण श्रेष्ठको शोकमा शुक्रबार प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल अस्पतालको ओपीडी सेवा बन्द गर्ने भएको छ ।

डा श्रेष्ठको ड्युटीबाट फर्किएपछि बुधबार बिहान हृदयघाटबाट मृत्यु भएको थियो ।

श्रेष्ठ प्रतिष्ठानमा एमएस पहिलो वर्ष अध्ययनरत थिए ।

बुधबार नै बसेको प्रतिष्ठानको कार्यकारी परिषदले शुक्रबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिए ।

‘उहाँको चिरशान्तिको काम कामना गर्दै यस अस्पतालको ओपीडी सेवा बन्द गरिएको व्यवहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ खत्रीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

प्रकाशित मिति २०७९ मंसिर २२ गते बिहीबार ०८:५९
हजुरको प्रतिक्रिया