२०८३ साउन २१ गते बिहीबार

आज अन्तर्राष्ट्रिय पर्वत दिवस

आज अन्तर्राष्ट्रिय पर्वत दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २५ गते आइतबार ०९:००

नेपाल पर्वतारोहण संघ विगत ७ वर्षदेखि महोत्सव गर्दै आएको छ ।

पोखरा

आज अन्तर्राष्ट्रिय पर्वत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा पारेको असर न्यूनीकरणमा जोड दिँदै प्रत्येक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ ।

सन २००३ देखि मनाउन थालिएको यो दिवसको यस वर्षकोे नारा वुमन मुभ माउन्टेन अर्थात् महिलाहरुले पर्वतलाई चलाउन सक्छन् भन्ने छ । हिमाली देशको परिचय पाएको नेपालको कुल भूभागको १५ प्रतिशत भाग हिमाली क्षेत्र छ ।
दिवसकै अवसरमा पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हिजोदेखि सुरु भएको छ ।

 

नेपाल पर्वतारोहण संघले पोखरा –१७ रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा गरेको महोत्सव आज सकिँदै छ । शनिबार महोत्सवको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका हुन् । नेपाल पर्वतारोहण संघ विगत ७ वर्षदेखि महोत्सव गर्दै आएको छ ।

प्रकाशित मिति २०७९ मंसिर २५ गते आइतबार ०९:००
हजुरको प्रतिक्रिया