२०८३ कात्तिक १० गते सोमबार

काेराेना अपडेट : आइतवार देशभर थप २२ जनाकाे ज्यान गयाे

काेराेना अपडेट : आइतवार देशभर थप २२ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २५ गते आइतबार ०७:३५

पाेखरा ।  देशभर बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप २२ जनाकाे मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु  हुनेको कुल संख्या ६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

देशभर मृत्यु हुनेकाे कुल संख्या ६ सय ३६ पुग्याे

पाेखरा ।  देशभर बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप २२ जनाकाे मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु  हुनेको कुल संख्या ६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतवारकाे नियमित प्रेस ब्रिफिङका क्रममा बताएका छन ।

यस्तै, नेपालमा काेराेना संक्रमण भुसकाे आगाे झै फैलिएकाे छ । देशभर पछिल्लाे २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

देशभर ६३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।

 

प्रकाशित मिति २०७७ असोज २५ गते आइतबार ०७:३५
हजुरको प्रतिक्रिया