२०८३ असोज २३ गते शुक्रबार

आहारारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र बीवाईएससी भिड्दै, हेर्नुहोस् लाइभ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १४ गते बिहीबार ०२:३९

पोखरा पोखरामा जारी २२ औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि ए डिभिजन संकटा क्लब र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् (बीवाईएससी)बीच भिडन्त हुँदैछ । फाइनल खेल आज दिउँसो साढे १ बजे पोखरा रंगशालामा सुरु हुँदैछ । बुधबार भएको...

पोखरा

पोखरामा जारी २२ औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि ए डिभिजन संकटा क्लब र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् (बीवाईएससी)बीच भिडन्त हुँदैछ ।

फाइनल खेल आज दिउँसो साढे १ बजे पोखरा रंगशालामा सुरु हुँदैछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफलाई ४–१ गोल अन्तरले पराजित गर्दै संकटाले फाइनलमा स्थान पक्का बनाएको थियो ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै बीवाईएससी फाइनलमा पुगेको हो ।

गत १४ गतेदेखि सुरु भएको प्रतियोगितामा दस टिमको सहभागिता थियो ।

प्रतियोगिताका विजेताले १२ लाख र उपविजेताले ६ लाख नगद पुरस्कार पाउनेछन् ।

खेल पब्लिक टिभी र टिभीकाे अफिसियल युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०२:३९
हजुरको प्रतिक्रिया