२०८३ कात्तिक १० गते सोमबार

देशभर थप ३ हजार ७ सय ४९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, १९ काे ज्यान गयाे

देशभर थप ३ हजार ७ सय ४९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, १९ काे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २९ गते बिहीबार ०४:४५

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ।  यससँगै...

देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुग्याे

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ।  यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् । उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३४९ र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेका छन् ।

प्रकाशित मिति २०७७ असोज २९ गते बिहीबार ०४:४५
हजुरको प्रतिक्रिया