२०८३ साउन २१ गते बिहीबार

शनिबार पाेखराका ३० सहित गण्डकी प्रदेशमा ४६ संक्रमित थपिए

शनिबार पाेखराका ३० सहित गण्डकी प्रदेशमा ४६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १ गते शनिबार ११:४९

पाेखरा । पाेखरा महानगरपालिकामा शनिबार ५ बर्षीया एक बालिकासहित थप ३० जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । पाेखरा–८ का एक ५ बर्षीय बालिकासहित थप ३० जनालाइ क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जनालाई संक्रमण...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ५ सय ४७ पुग्याे

पाेखरा । पाेखरा महानगरपालिकामा शनिबार ५ बर्षीया एक बालिकासहित थप ३० जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । पाेखरा–८ का एक ५ बर्षीय बालिकासहित थप ३० जनालाइ क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जनालाई संक्रमण पुष्टि भएको हो ।

यस्तै, शनिबार तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी तथा बन्दीपुरका हुन् । शुक्लागण्डकीका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २६ वर्षीय पुरुष हुन् । उनी सो नगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

त्यस्तै जिल्लाको बन्दीपुर १ का ५३ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । ५३ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालबाट नमुना संकलन गरिएको निर्देशनालयले जानकारी दिएको छ ।

गोरखामा ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गोरखा नगरपालिकाका हुन् । जसमध्ये १ जना नेपाल आर्मी तथा ३ जना नेपाल प्रहरी समेत रहेका छन् ।

नवलपरासीका (ब.सु.पू) ५ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र तथा चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा जिल्लामा ५ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु जिल्लाको गैंडाकोट, विनयत्रिवेणी, देवचुली तथा कावासोतीका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ५ सय ४७ पुगेको छ ।

प्रकाशित मिति २०७७ कात्तिक १ गते शनिबार ११:४९
हजुरको प्रतिक्रिया