गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ५ सय ४७ पुग्याे
पाेखरा । पाेखरा महानगरपालिकामा शनिबार ५ बर्षीया एक बालिकासहित थप ३० जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । पाेखरा–८ का एक ५ बर्षीय बालिकासहित थप ३० जनालाइ क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जनालाई संक्रमण पुष्टि भएको हो ।
यस्तै, शनिबार तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी तथा बन्दीपुरका हुन् । शुक्लागण्डकीका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २६ वर्षीय पुरुष हुन् । उनी सो नगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
त्यस्तै जिल्लाको बन्दीपुर १ का ५३ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । ५३ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालबाट नमुना संकलन गरिएको निर्देशनालयले जानकारी दिएको छ ।
गोरखामा ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गोरखा नगरपालिकाका हुन् । जसमध्ये १ जना नेपाल आर्मी तथा ३ जना नेपाल प्रहरी समेत रहेका छन् ।
नवलपरासीका (ब.सु.पू) ५ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र तथा चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा जिल्लामा ५ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु जिल्लाको गैंडाकोट, विनयत्रिवेणी, देवचुली तथा कावासोतीका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ५ सय ४७ पुगेको छ ।





