२०८३ कात्तिक १० गते सोमबार

पाेखरामा प्याराग्लाइडिङकाे उडान सस्ताे, आन्तरिक पर्यटककाे आकर्षण बढ्याे

पाेखरामा प्याराग्लाइडिङकाे उडान सस्ताे, आन्तरिक पर्यटककाे आकर्षण बढ्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ६ गते बिहीबार ०८:४३

पाेखरा । लामाे समयकाे बन्दाबन्दी र असहज अवस्थाका कारण थला परेकाे पाेखरेली पर्यटन क्षेत्रमा प्याराग्लाइडिङ व्यावसायले भने आसाकाे दियाे जलाएकाे छ । सस्तो दरमा उडान भर्न थालेपछि पोखराका प्याराग्लाइडिङ कम्पनीले  दैनिक २ सय हाराहारीकाे...

दैनीक २०० हाराहारीकाे उडान

पाेखरा । लामाे समयकाे बन्दाबन्दी र असहज अवस्थाका कारण थला परेकाे पाेखरेली पर्यटन क्षेत्रमा प्याराग्लाइडिङ व्यावसायले भने आसाकाे दियाे जलाएकाे छ । सस्तो दरमा उडान भर्न थालेपछि पोखराका प्याराग्लाइडिङ कम्पनीले  दैनिक २ सय हाराहारीकाे उडान भर्न थालेकाे बताएका छन ।

लामो समयको बन्दाबन्दीपछि गत असोज १५ देखि व्यावसायिक उडान सुरु भएसंगै करिब २०० हाराहारीका आन्तरिक पर्यटकले हावामा कावा खाने गरेकाे नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताएका छन् । अहिले करिब ३००० रूपैयाँमै हावामा कावा खान पाइने भएकाले आन्तरिक पर्यटकहरू बढेकाे हुनसक्ने उनकाे अनुमान छ ।

यसरी उडान भर्न आउनेहरूमा ८० प्रतिशत कास्कीकै रहेका र अन्य २० प्रतिशत पोखरा आसपासका जिल्लाबाट आउने आन्तरिक पर्यटक छन् । यसअघि दैनिक ५ सय हाराहारी उडान हुने गरेकाे संस्थाकाे दावी छ ।

पोखरामा हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३ सय ३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडिसम्म १०/१२ विदेशी प्यारापाइलट यस क्षेत्रमा थिए भने अहिले नेपाली मात्रै छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन्  भने करीब १ अर्ब लगानी रहेकाे नेपाल हवाई खेलकूद संस्थाले बताएकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक ६ गते बिहीबार ०८:४३
हजुरको प्रतिक्रिया