२०८३ साउन २१ गते बिहीबार

प्रियंकाकाे करियर: सानाे बस्तिदेखि ठुलाे हस्तीसम्मकाे यात्रा

प्रियंकाकाे करियर: सानाे बस्तिदेखि ठुलाे हस्तीसम्मकाे यात्रा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ७ गते शुक्रबार ०३:४६

एजेन्सी/ संसारभरका सिनेप्रेमीहरूका लागि प्रियंका चाेपडाकाे नाम नाैलाे रहेन । भारतकाे एउटा सानाे बस्ती बरेलीकि यी युवती आफ्नाे सुन्दरता र अभिनय क्षमताका कारण संसारभर प्रसिद्द छन । १८ जुलाई १९८२ मा झारखण्डको जम्सेदपुरमा प्रियङ्काको...

एजेन्सी/ संसारभरका सिनेप्रेमीहरूका लागि प्रियंका चाेपडाकाे नाम नाैलाे रहेन । भारतकाे एउटा सानाे बस्ती बरेलीकि यी युवती आफ्नाे सुन्दरता र अभिनय क्षमताका कारण संसारभर प्रसिद्द छन ।

१८ जुलाई १९८२ मा झारखण्डको जम्सेदपुरमा प्रियङ्काको जन्म भएको थियो । बाबु अशोक चोपडा र आमा मधु भारतीय सेनामा चिकित्सक भएकाले प्रियङ्काले बाल्यकालमा दिल्ली, चन्ढीगढ, बरेलीलगायत शहरमा अध्ययन गरिन् । त्यसपछि उनी केही समय अमेरिका गएर बसिन् ।

 

प्रियंकालाइ संसारले त्यतिबेला नाेटिस गर्ये जतिबेला उनले सन् २००० मा १८ वर्षको उमेरमै मिस वर्ल्डको उपाधि जितिन । २००३ मा प्रदर्शनमा आएको ‘द हिरो–लभ स्टोरी अफ अ स्पाई’ फिल्ममार्फत बलिउडकाे यात्रारम्भ गरेकि प्रियंकाले त्यसपछि कहिल्यै पछाडी फर्केर हेर्नु परेन। त्यही वर्ष रिलिज भएको अन्दाज र मुुझ से सादी करोगी हिट भए ।

२००६ मा उनी अभिनित क्रिस र डन दुुबैले बलिउडमा निकै राम्रो आम्दानी गरे । कमिने, बर्फी, मेरी कोम, बाजिराव मस्तानीलगायत फिल्ममा उनले गरेको अभिनयको निकै प्रशंशा भएको थियो । प्रियङ्काले एकपटक राष्ट्रिय फिल्म अवार्ड र पाँचपटक फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । प्रियङ्काले एबीसीमार्फत प्रशारण हुने थ्रिलर ‘क्वान्टिको’ मा अभिनय गरेपछि विश्वव्यापी चर्चा बटुलिन् । उनले हलिउड कमेडी ‘बे वाच’ र ‘इजन्ट इट रोमान्टिक’ मा सहायक भूमिका निभाएकी थिइन् ।

सन् २०१६ मा भारत सरकारले उनलाई पद्म श्रीबाट सम्मानित गरेको थियो । त्यही वर्ष उनलाई टाइम म्यागेजिनले विश्वका १ सय अति प्रभावशाली व्यक्तित्वको सुचीमा राख्यो । दुई वर्षपछि फोब्र्सले उनलाई विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा राखेको थियो ।

बरेलीको सानो बस्तीकी युवतीदेखि मिस वर्ल्ड, फोब्र्सका १ सय शक्तिशाली महिलाको सुची, आफ्नै म्युजिक एल्बम र बलिउड तथा हलिउडसम्मको करियरलाई समेटेर प्रियङ्का चोपडाले अहिलेआफ्नो आत्मकथा लेखेकी छिन् । लेखन समाप्त भएपनि पाठकहरूकाे हातमा भने केहि समयपछि पर्ने बताइएकाे उनकाे आत्मकथा धेरैका लागि प्रेरक बन्नसक्ने अनुमान गरिएकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक ७ गते शुक्रबार ०३:४६
हजुरको प्रतिक्रिया