२०८३ साउन २१ गते बिहीबार

‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’ भन्दै पोखरामा जेन–जी पुस्ताको प्रदर्शन

‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’ भन्दै पोखरामा जेन–जी पुस्ताको प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २३ गते सोमबार ११:४८

झरिको प्रवाह नगरि हजारौँको संख्यामा स्वतःस्फुर्त रूपमा भेला भएका जेन–जी पुस्ताले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ अबको पुस्ता भष्ट्रचारको विरुद्ध, ‘भष्ट्रचार हटाउ देश बचाऊ’, ‘मेरो पैसा मलाई दे’जस्ता नाराहरु लगाएका थिए ।

पोखरा ।

पछिल्लो समय देशमा बढ्दै भएको भ्रष्टाचार, बेथिती, अव्यवस्था र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले आज पोखरालगायत देशभर प्रदर्शन गरेका छन् ।

बढ्दो भ्रष्टाचार र बेथितिकाविरुद्धमा सडकमा उत्रिएका उनीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

बिहानैदेखि परेको झरिको प्रवाह नगरि हजारौँको संख्यामा स्वतःस्फुर्त रूपमा पोखराको सभागृह अगाडी उपस्थित भएका जेन–जी पुस्ताले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ अबको पुस्ता भष्ट्रचारको विरुद्ध, ‘भष्ट्रचार हटाउ देश बचाऊ’, ‘मेरो पैसा दे’जस्ता नाराहरु लगाएका थिए ।

यसका साथै प्रदर्शनमा उत्रिएका जेन–जीले ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा डुबेकोलगायतका आवाज उठाउँदै उनीहरुले पोखराको सभागृह अगाडी प्रदर्शन गरेका छन् ।

देशका नेताहरु भ्रस्टाचारमा लिप्त भइरहेको तर जनताले दुख खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् ।

उनीहरुले ‘लाज लाग्दैन बा?’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध पनि नारा लगाएका छन् ।

पोखराका विभिन्न ठाउँबाट प्रदर्शनमा सहभागि जेनजीले आफरुहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताएका छन् ।

जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताहरुले स्वतः स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले आज प्रदर्शन गरेका हुन् ।

उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् । युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड नै चलाएका छन् ।

प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ११:४८
हजुरको प्रतिक्रिया