२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण पाेखरामा थप एकजनाकाे ज्यान गयाे

काेराेनाका कारण पाेखरामा थप एकजनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १३ गते बिहीबार ०७:५१

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा थप एक जनाकाे ज्यान गएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा बाग्लुङकाे  गल्काेट नगरपालिका- ३ निवासी ७२ बर्षीय...

प्रदेशमा ज्यान गुमाउनेकाे संख्या ७३ पुग्याे

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा थप एक जनाकाे ज्यान गएकाे छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा बाग्लुङकाे  गल्काेट नगरपालिका- ३ निवासी ७२ बर्षीय पुरूषकाे बिहीबार साँझ उपचारका क्रममा निधन भएकाे हाे ।

नीज गत कार्तिक ८ गते काेराेना संक्रमित बनेकाे र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रकाे आइसियूमा उपचाररत रहेकाे क्षेत्रीय अस्पतालले जनाएकाे छ । मृतकमा हाइपरटेन्सन र निमाेनियाजस्ता अन्य राेगहरूपनि रहेकाे अस्पतालले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

यसअघि, पोखरा १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा बुधबार राति ११ बजे र पर्बत जिल्ला, कुश्मा नगरपालिका – ६ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको १३ गते बिहीबार बिहान ६:१५ बजे चरक मेमोरियल अस्पताल, पोखराको आई.सि.यु. मा उपचारका क्रममा ज्यान गएकाे थियाे ।

याे संगै गण्डकी प्रदेशमा काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ७३ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०७:५१
हजुरको प्रतिक्रिया