२०८३ साउन २१ गते बिहीबार

बितेकाे २४ घण्टामा थप १७ काे ज्यान गयाे, २५०८ जना संक्रमित थपिए

बितेकाे २४ घण्टामा थप १७ काे ज्यान गयाे, २५०८ जना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १५ गते शनिबार ०६:२५

पाेखरा । बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ । बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

देशभर ज्यान गुमाउनेकाे संख्या ९३७ पुग्याे

पाेखरा । बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ ।

बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् ।

प्रकाशित मिति २०७७ कात्तिक १५ गते शनिबार ०६:२५
हजुरको प्रतिक्रिया