२०८३ साउन २१ गते बिहीबार

अक्सिजन प्लान्ट दिइसकेपछि संचालनको जिम्मा अस्पतालको होः बतास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३० गते बिहीबार ११:२५

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले अक्सिजन प्लान्ट दिइसकेपछि त्यसको संचालनको जिम्मा अस्पतालको हुने बताए ।

पोखरा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा बतास फाउन्डेसनले सहयोग गरेको अक्सिजन प्लान्ट अहिले बेवारिसे अवस्थामा छ । कोभिड १९ मा अक्जिन अभावकै कारण उपचाररत थुप्रैले ज्यान गुमाए । यसका लागि २०७८ मा नै बतास फाउन्डेसले ‘एक थुकी सुकी, हजार थुकी नदी’ भन्ने नाराका साथ अक्सिजन प्लान्ट स्थापनाका लागि रकम संकलन गर्यो ।

जसबाट ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भयो । संकलित रकमबाट दैनिक १५० सिलिन्डर उत्पादनको क्षमता रहेको अक्सिजन प्लान्ट अस्पताललाई गत मंसिर २० मा हस्तान्तरण गरियो ।

हस्तान्तरण गरेको ४ महिना बितिसक्दा पनि अक्सिजन प्लान्ट अझै स्थापना हुन सकेको छैन । अक्सिजन प्लान्ट अस्पतालको निर्माणधीन भवनमा त्रिपालले छोपिएर राखिएको अवस्थामा छ ।

यो पढ्नुहोस्: 

त्रिपालले छोपिएको बतासको अक्सिजन प्लान्ट 

यसबारे पब्लिक टेलिभिजनको कार्यक्रममा द भ्यूमा बोल्दै बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले अक्सिजन प्लान्ट दिइसकेपछि त्यसको संचालनको जिम्मा अस्पतालको हुने बताए । उनले अस्पतालले अहिले नचाहिएको भनि दाबी गरेपनि भविष्यमा हुने महामारीका लागि तयार हुन अस्पतालमा अक्सिजन प्लान्ट आवश्यक रहेको बताए ।

बतासले आफूहरुको जिम्मेवारी सकिएपनि अस्पतालले ठाउँ बनाइदिए यसको स्थापनाका लागि सहयोग गर्ने दाबी गरे ।

 

प्रकाशित मिति २०७९ चैत ३० गते बिहीबार ११:२५
हजुरको प्रतिक्रिया