२०८३ साउन २१ गते बिहीबार

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ, उपेन्द्र यादव अनुपस्थित (फोटो फिचर)

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ, उपेन्द्र यादव अनुपस्थित (फोटो फिचर)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १५ गते शुक्रबार १२:५०

उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् ।

काठमाडौं

उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे ।

यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका छन् ।

 

प्रकाशित मिति २०८० वैशाख १५ गते शुक्रबार १२:५०
हजुरको प्रतिक्रिया