२०८३ कात्तिक ११ गते मंगलबार

चिकित्सकसहित २२ जना सम्मानित

चिकित्सकसहित २२ जना सम्मानित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १७ गते आइतबार ०९:४८

उनीहरुलाई  पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्मान गरेका हुन् ।

काठमाडौं

चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारसहित २२ जना सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रमा पुर्याएकाे योगदानको कदर गर्दै उनीहरुलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मान गरिएको हो ।

उक्त अवार्डबाट गण्डकी प्रदेशका फिजिसियन डाक्टर सरोज पोखरेल, वरिष्ठ स्त्री, प्रसूति तथा निसन्तानपन रोग विशेषज्ञ डा. गिरधारी शर्मा पंगेनी, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. आनन्द भट्टराई उक्त अवार्डबाट सम्मानित भए । कोशी प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा राजेश नेपाल, मधेश प्रदेशबाट मुटु शल्य चिकित्सक डा. महमद अफ्रोज अन्सारी र फिजिसियन डा. रामप्रताप शाहलाई सम्मान गरिएको हो ।

वागमती प्रदेशबाट अर्थोपेडिक सर्जन प्राडा सुरेश पाण्डे, क्यान्सर रोग विशेषज्ञ डा. विश्वराम पौडेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ती अनिल, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्यासिंह शाह, बाल शल्य चिकित्सक विशेषज्ञ प्राडा रामनन्दन प्रसाद चौधरी र रेडियोलोजिस्ट डा. आनन्दप्रसाद श्रेष्ठ छन् ।

लुम्बिनी प्रदेशबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सचिन ढुंगेल, कर्णाली प्रदेशबाट जनरल तथा इमरजेन्सी मेडिसिन विशेषज्ञ डा. डम्बर खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ फिजिसियन तथा दमरोग विशेषज्ञ प्राडा सुभेस राज कायस्थ सम्मानित हुदाँ सात वटै प्रदेशबाट तीन जना स्वास्थ्यकर्मीहरुलाई पनि अवार्ड प्रदान गरिएको छ । राजेन्द्र प्रसाद खरेल, सन्तोष केसी र शंकर खराललाई उक्त अवार्ड प्रदान गरिएको हो । पत्रकारहरु बुद्धिबहादुर केसी, अनीता श्रेष्ठ कमला गुरुङ र सुमन खत्रीलाई अवार्डबाट सम्मान गरिएको हो । उनीहरुलाई  पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्मान गरेका हुन् ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कका संरक्षक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्की, वरिष्ठ चिकित्सक प्राडा दिव्यासिंह शाह, स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले चिकित्सा सेवालाई दुर्गम क्षेत्रसम्म प्रभावकारी ढंगले पुर्याएकाे सरकारले विशेष योजना र कार्यक्रमका साथ आकर्षक प्याकेजहरू ल्याउन जरुरी रहेको बताए ।

प्रकाशित मिति २०८० वैशाख १७ गते आइतबार ०९:४८
हजुरको प्रतिक्रिया