२०८३ साउन २१ गते बिहीबार

सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा हान्यो

सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा हान्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २६ गते मंगलबार ०५:०१

नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

काठमाडौं

नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ ।

मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उनी पक्राउ परेका छैनन् । तर आज भने नेपाल प्रहरीको टोलीले उनको घरमा छापा मारेको हो ।

रायमाझीको घरमा उनको सवारीसाधन भेटिएको थियो ।

प्रकाशित मिति २०८० वैशाख २६ गते मंगलबार ०५:०१
हजुरको प्रतिक्रिया