२०८३ असोज २४ गते शनिबार

भ्रष्टाचारीलाई थालिएको कारबाही नरोक्न रास्वपा नवलपुरले बुझायो ध्यानाकर्षणपत्र

भ्रष्टाचारीलाई थालिएको कारबाही नरोक्न रास्वपा नवलपुरले बुझायो ध्यानाकर्षणपत्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ३ गते बुधबार ०५:४८

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले पत्र प्रधानमन्त्री कार्यलय पठाईने र नियामनुसार भ्रष्टचारीलाई थालीएको कारबाही नरोकिने जानकारी दिए ।

नवलपुर

राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरले भ्रष्ट्रचारीलाई छाड्न नहुने र प्रहरी प्रशासनले गरेको कारबाही रोक्न नहुने भन्दै नवलपुर जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश संयोजक राजन गौतमको नेतृत्वमा कावासोतीका विभिन्न स्थानमा र्याली गर्दै जिल्ला प्रशासन कार्यलय नवलपुर पुगेर प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई ध्यानाकर्षणपत्र बुझाएको सयोंजक गौतमले बताए ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले पत्र प्रधानमन्त्री कार्यालयमा पठाईने र नियामनुसार भ्रष्टाचारीलाई थालिएकोको कारबाही नरोकिने जानकारी दिए ।

 

प्रकाशित मिति २०८० जेठ ३ गते बुधबार ०५:४८
हजुरको प्रतिक्रिया