२०८३ साउन २१ गते बिहीबार

नक्कली भूटानी शरणार्थी प्रकरणः पक्राउ परेका १६ जनाको बयान सुरु

नक्कली भूटानी शरणार्थी प्रकरणः पक्राउ परेका १६ जनाको बयान सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १२ गते शुक्रबार ०२:०२

आरोपी १६ जना मात्र पक्राउ परेकाले उनीहरुको मात्र बयान लिइने तयारी छ ।

 काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीहरुको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीद्वय केशव दुलाल र सागर राईको बयान लिन थालिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा लागेका ३० जना विरुद्ध गत बुधबार जिल्ला अदालत काठमाडौंमा ठगी र कीर्ते लगायतको मुद्दा दायर गरिएको थियो । आरोपी १६ जना मात्र पक्राउ परेकाले उनीहरुको मात्र बयान लिइने तयारी छ ।

आरोपीहरुको बयान र थुनछेकका लागि कम्तीमा दुई साताको समय लाग्न अनुमान गरिएको छ । आज शुक्रबार परेकोले बढीमा दुई जनासम्मको बयान लिने कार्य हुने छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आरोपीहरुको मिलेमतोमा १ सय ४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

प्रकाशित मिति २०८० जेठ १२ गते शुक्रबार ०२:०२
हजुरको प्रतिक्रिया