२०८३ असोज २४ गते शनिबार

विन्दुकुमार थापा कांग्रेस संसदीय दलको उपनेता मनाेनयन

विन्दुकुमार थापा कांग्रेस संसदीय दलको उपनेता मनाेनयन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १२ गते शुक्रबार ०८:२९

अघिल्लो पटक कानुनमन्त्री भएर काम गरेका थापा यसपटक मन्त्री हुने दौडमा थिए

गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापा कांग्रेस संसदीय दल गण्डकीको उपनेता चयन भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उपनेतामा मनोनयन गरेका हुन् ।

कांग्रेसबाट दोहोरिएर चुनाव जित्ने उनी गण्डकीका एक्ला हुन् । अघिल्लो पटक कानुनमन्त्री भएर काम गरेका थापा यसपटक मन्त्री हुने दौडमा थिए । तर, थापालाई रोक्न सांसदहरुकै विरोधका कारण उनी मन्त्री बन्न पाएनन् ।

मुख्यमन्त्री पाण्डेले मन्त्री नबनाए पनि गण्डकीका अनुभवी थापालाई उपनेताको जिम्मेवारी दिएका हुन् । उनी कास्की–२ (२) बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति २०८० जेठ १२ गते शुक्रबार ०८:२९
हजुरको प्रतिक्रिया