२०८३ असोज २४ गते शनिबार

प्रधानमन्त्री दाहालले दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा बुझाए: ओली

प्रधानमन्त्री दाहालले दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा बुझाए: ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २७ गते शनिबार ०५:२९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न नसकेको बताए ।

काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा व्यापार गर्ने समझदारी भएको थियो । जस अनुसार १० वर्षमा १० हजार मेगावाट विजुली भारतले खरिद गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइक्क बोल्न पनि नसकेको ओलीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताए । ओलीले कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुटन पनि पटकपटक आग्रह गरे । उनलेजनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराए ।

प्रकाशित मिति २०८० जेठ २७ गते शनिबार ०५:२९
हजुरको प्रतिक्रिया