२०८३ असोज २४ गते शनिबार

काठमाण्डौ–तराई फास्ट ट्र्याक तीन वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला

काठमाण्डौ–तराई फास्ट ट्र्याक तीन वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ४ गते सोमबार ०३:५३

सोमवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले काठमाण्डौ–तराई द्रुत मार्गको निर्माण २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताए ।

काठमाडौं

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाण्डौ–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) को निर्माण सम्पन्न गर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले काठमाण्डौ–तराई द्रुत मार्गको निर्माण २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताए ।

उनले प्रधानमन्त्रीसहित द्रुत मार्गको निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भए पनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको सुनाए ।

यस्तै मन्त्री ज्वालाले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट सन्तुलित रहेको दाबी गरे । उनले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनसायले योजना छनोट नगरेको बताए ।

प्रकाशित मिति २०८० असार ४ गते सोमबार ०३:५३
हजुरको प्रतिक्रिया