२०८३ कात्तिक ११ गते मंगलबार

पछिल्लाे २४ घण्टामा देशभर थप १८ काे ज्यान गयाे, २ हजार ५ सय ७१ जना संक्रमित

पछिल्लाे २४ घण्टामा देशभर थप १८ काे ज्यान गयाे, २ हजार ५ सय ७१ जना संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २४ गते सोमबार ०५:४३

पाेखरा । पछिल्लाे २४ घण्टामा देशभर थप १८ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । याे संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय २६ पुगेको छ ।   यता, यहि अवधीमा २ हजार ५ सय ७१ जनालाई कोरोना भाइरसकाे...

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ हजार १२६ पुग्याे

पाेखरा । पछिल्लाे २४ घण्टामा देशभर थप १८ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । याे संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय २६ पुगेको छ ।

 

यता, यहि अवधीमा २ हजार ५ सय ७१ जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार ५ सय ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

 

हाल देशभर ३६ हजार १ सय ७४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै, पछिल्लाे २४ घण्टामा देशभर थप  नेपालमा १ हजार ७ सय ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

 

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

प्रकाशित मिति २०७७ कात्तिक २४ गते सोमबार ०५:४३
हजुरको प्रतिक्रिया