प्रदेशमा हालसम्म ज्यान गुमाउनेकाे संख्या १११ पुग्याे
पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा थप ४ जनाकाे ज्यान गएकाे छ । साेमबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्ती अनुसार आइतबार र साेमबार गरि थप ४ जनाकाे ज्यान गएकाे उल्लेख गरेकाे छ । मृत्यु हुने चारैजना पाेखराका हुन् ।
काेराेनाका कारण ज्यान गुमाउनेहरूमा पाेखरा महानगरपालिकाका एकजना ८२ बर्षीय महिलाकाे मनिपाल शिक्षण अस्पतालमा आइतबार साँझ निधन भएकाे हाे । उनमा गत २२ गते काेराेना पुष्टि भएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
यस्तै, पाेखरा महानगरपालिका १७ का ७४ बर्षीय महिलाकाे आइतबार बेलुकी पाेखराकै गण्डकी मेडिकल कलेजमा निधन भएकाे हाे । उनमा साेही दिन काेराेना पुष्टि भएकाे थियाे ।
पाेखरा १० का ८६ बर्षीय पुरूषकाे समेत आइतबार साँझ नै पाेखराकै फिस्टेल अस्पतालमा निधन भएकाे हाे । उनमा गत १९ गते काेराेना पुष्टि भएकाे थियाे ।
यता, साेमबार पाेखराकाे गण्डकी मेडिकल कलेजमा पाेखरा ११ निवासी ६० बर्षीय पुरूषकाे ज्यान गएकाे छ । नीजमा गत १६ गते काेभिड पुष्टि भएकाे थियाे ।
याे संगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ सय ११ पुगेकाे निर्देशनालयले जनाएकाे छ ।
प्रकाशित मिति २०७७ कात्तिक २४ गते सोमबार ०६:०२




