२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण साेमबार पाेखरामा थप ४ जनाकाे ज्यान गयाे

काेराेनाका कारण साेमबार पाेखरामा थप ४ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २४ गते सोमबार ०६:०२

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा थप ४ जनाकाे ज्यान गएकाे छ । साेमबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्ती अनुसार आइतबार र साेमबार गरि थप ४ जनाकाे ज्यान गएकाे उल्लेख गरेकाे छ ।  मृत्यु हुने...

प्रदेशमा हालसम्म ज्यान गुमाउनेकाे संख्या १११ पुग्याे

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा थप ४ जनाकाे ज्यान गएकाे छ । साेमबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्ती अनुसार आइतबार र साेमबार गरि थप ४ जनाकाे ज्यान गएकाे उल्लेख गरेकाे छ ।  मृत्यु हुने चारैजना पाेखराका हुन् ।

 

काेराेनाका कारण ज्यान गुमाउनेहरूमा पाेखरा महानगरपालिकाका एकजना ८२ बर्षीय महिलाकाे मनिपाल शिक्षण अस्पतालमा आइतबार साँझ निधन भएकाे हाे । उनमा गत २२ गते काेराेना पुष्टि भएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

यस्तै, पाेखरा महानगरपालिका १७ का ७४ बर्षीय महिलाकाे आइतबार बेलुकी पाेखराकै गण्डकी मेडिकल कलेजमा निधन भएकाे हाे । उनमा साेही दिन काेराेना पुष्टि भएकाे थियाे ।

 

पाेखरा १० का ८६ बर्षीय पुरूषकाे समेत आइतबार साँझ नै पाेखराकै फिस्टेल अस्पतालमा निधन भएकाे हाे । उनमा गत १९ गते काेराेना पुष्टि भएकाे थियाे ।

 

यता, साेमबार पाेखराकाे गण्डकी मेडिकल कलेजमा पाेखरा ११ निवासी ६० बर्षीय पुरूषकाे ज्यान गएकाे छ । नीजमा गत १६ गते काेभिड पुष्टि भएकाे थियाे ।

 

याे संगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ सय ११ पुगेकाे निर्देशनालयले जनाएकाे छ ।

 

प्रकाशित मिति २०७७ कात्तिक २४ गते सोमबार ०६:०२
हजुरको प्रतिक्रिया