२०८३ साउन २१ गते बिहीबार

नेपाल एक चीन नीतिप्रति दृढ छः मन्त्री किराती

नेपाल एक चीन नीतिप्रति दृढ छः मन्त्री किराती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ८ गते शुक्रबार ०४:०६

ड्रागन बोट रेसको फेस्टिबलको उद्घाटन मन्त्री किरातीसहित नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

पोखरा

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन् ।

शुक्रबारदेखि पोखरामा पहिलो पटक सुरु भएको २ दिने ड्रागन बोट रेसको उद्घाटन गर्दै उनले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका हुन् ।

ड्रागन बोट रेसको फेस्टिबलको उद्घाटन मन्त्री किरातीसहित नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मन्त्री किरातीले चीनसँग नेपालको पुरानो सम्बन्ध रहेको र त्यसमा पनि भृकुटी र अरनिकोको सम्बन्धले अझै नजिक बनाएको भन्दै उनले भने, ‘भृकुटी र अरनीलाई साक्षी राखेर आज पनि हामी चिनको एक नीतिप्रति दृढ छौं ।

नेपालका लागि चिनियाँ राजदूत छोङले नेपाल र चिनबीच धेरै सांस्कृतिक र प्राकृतिक समानता रहेको बताए । छोङले एक अर्काको पर्यटकीय प्रवद्र्धन गर्न पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘पोखराको पर्यटन प्रवद्र्धन गर्न, चाइना र नेपालबारे सचेतना जगाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,’ उनले भने ।

प्रकाशित मिति २०८० असार ८ गते शुक्रबार ०४:०६
हजुरको प्रतिक्रिया