२०८३ साउन २१ गते बिहीबार

मनसुनजन्य विपदका कारण गण्डकीमा मात्रै ३८ जनाको मृत्यु

मनसुनजन्य विपदका कारण गण्डकीमा मात्रै ३८ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २८ गते शुक्रबार ०३:५०

पाेखरा । गण्डकी प्रदेशमा यस वर्षकाे मनसुनजन्य विपद्का घटनामा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । प्रदेशभर बाढी पहिरोलगायतका मनसुनजन्य विपदमा परेर ३८ जनाले ज्यान गुमाउनु परेकाे प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा...

पाेखरा ।

गण्डकी प्रदेशमा यस वर्षकाे मनसुनजन्य विपद्का घटनामा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

प्रदेशभर बाढी पहिरोलगायतका मनसुनजन्य विपदमा परेर ३८ जनाले ज्यान गुमाउनु परेकाे प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा २१ महिला र १७ जना पुरुष रहेकाे प्रहरीले उल्लेख गरेकाे छ ।

याे अवधिमा ८२ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा पहिरोमा परी १४ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार मनसुनी विपद्मा परी स्याङ्जामा सात, लजमुङमा पाँच, तनहुँमा चार, बागलुङमा तीन, म्याग्दीमा दुई, पर्वतमा दुई र नवलपुरमा एकजनाको मृत्य भएको हो ।

शुक्रबार राति मात्र पहिरोका घटना परी कास्कीमा ११ र म्याग्दीमा दुईजनाको मृत्यु भएको थियो ।

मनसुनजन्य विपद्का घटनामा आठ महिला र १७ पुरुष गरी २५ जना घाइते र ७६ जना विस्थापित भएकाे  रेग्मीले बताए । विपदमा परेर “एकानब्बे पशुचौपाया र छ सय ९० पंक्षीको मृत्यु भएको छ भने विपद्का कारण झण्डै दुई करोड बराबरको भौतिक क्षति भएको छ”, उनले भने ।

प्रदेशमा सबैभन्दा बढी कास्कीमा २३ , स्याङ्जामा १२, पर्वतमा १०, नवलपुरमा छ, बागलुङमा चार, लमजुङ आठ, मनाङमा एक, म्याग्दीमा आठ र तनहुँमा आठ विपद्का घटना भएका छन् ।

यसैबीच, केही दिनयता निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रकाशित मिति २०८१ असार २८ गते शुक्रबार ०३:५०
हजुरको प्रतिक्रिया