२०८३ असोज २४ गते शनिबार

पशुपतिको जलहरी छानबिनका लागि संसदीय समिति बनाउन माग

पशुपतिको जलहरी छानबिनका लागि संसदीय समिति बनाउन माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ११ गते सोमबार ०२:११

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

पोखरा

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा प्रयोग गरिएको सुनमा भ्रष्टाचार भएको विषयमा छानबिन गर्न सांसदले संसदीय समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । सांसद पौडेलले भने, “यो गम्भीर विषय छानबिनका निम्ति सदनले एउटा समिति बनाओस्, यसको पूर्ण र निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस्।”

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा तोकिएभन्दा कम सुन प्रयोग भएको भनेर महालेखा परीक्षकको कार्यालयले दुई वर्षअघि नै औंल्याएको थियो ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दुई वर्षअघि नै उजुरी परेको थियो ।

यसअघि प्रतिनिधि सभामा जलहरीको विषय आउँदा रेकर्डबाट हटाउन लगाएकाले पनि ढाकछोप गर्न खोजेको आरोप लागेको उनको भनाइ थियो । त्यसैले संसद्ले नै समिति गठन गरेर छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति २०८० असार ११ गते सोमबार ०२:११
हजुरको प्रतिक्रिया