पाेखरा
सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ ।
विपद् प्रतिकार्यमा खटिने नाममा आसामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ ।
बिहीबारबाट सुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरुसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरु रोक्न अनुरोध गरेका छन् ।
विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान उनको आग्रह थियो ।
भट्टराईले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरुसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताए ।
सरकारले विपद्बाट बच्न तीन चरणका तयारीहरु गरेको पनि उनको भनाइ थियो ।
उनले सरकार र सरकार मातहतका निकायसँगै गैरसरकारी संघ संस्थहरुको पनि विपद् व्यवस्थापन र न्यूनीकरणका लागि सहयोगको आवश्यकता रहेको औंल्याए ।
विपद् व्यवस्थापन कार्यका लागि सरकारको तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति २०८० असार १४ गते बिहीबार ०४:२८




