२०८३ असोज २४ गते शनिबार

सातै प्रदेशमा मुख्यमन्त्रीको भेला आजदेखि पोखरामा

सातै प्रदेशमा मुख्यमन्त्रीको भेला आजदेखि पोखरामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १५ गते शुक्रबार ०७:३२

यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ साल भदौ २१ र २२ गते पोखरामा मुख्यमन्त्रीहरुको भेला भएको थियो भने भेलाले ९ बुँदे घोषणापत्र जारी रहेको थियोे ।

प्रदेशका अधिकार र समस्याका बारेमा छलफल गरिने

पोखरा

गत जेठ १० गते गर्ने तय भएर स्थगित भएको मुख्यमन्त्रीहरुको भेला आज र भोलि पोखरामा हुँदैछ । पोखराको पाँचतारे होटल ग्राण्डमा हुने भेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने छन् । मुख्यमन्त्रीहरुको भेलासँगै राजधानी बाहिर प्रधानमन्त्रीको अध्यक्षतामा पहिलो पटक राष्ट्रिय समन्वय परिषदको बैठक पनि पोखरामा हुन लागेको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अगुवाइमा हुन लागेको भेलामा संघ सरकारसँगको सम्बन्ध र प्रदेशका अभ्यासबारे छलफल हुनेछ । भेलामा सहभागी हुन केही मुख्यमन्त्री पोखरा आइसकेका छन् भने केही शुक्रबारमात्र आउने छन् । कोशी प्रदेशका मुख्यमन्त्री भने भेलामा सहभागी हुने छैनन् ।

भेलापछि शनिबार पोखरा घोषणापत्र जारी हुने छ । यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ साल भदौ २१ र २२ गते पोखरामा मुख्यमन्त्रीहरुको भेला भएको थियो भने भेलाले ९ बुँदे घोषणापत्र जारी रहेको थियोे ।अन्तर प्रदेश बैठक, यसका एजेन्डा, प्रदेशले खेपिरहेका समस्या केके हुन् त ? राष्ट्रिय समन्वय परिषदको बैठकले प्रदेशलाई के सहज हुन्छ त ? लगायतको बारेमा भेलामा छलफल हुने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

प्रकाशित मिति २०८० असार १५ गते शुक्रबार ०७:३२
हजुरको प्रतिक्रिया