२०८३ असोज २४ गते शनिबार

गठबन्धन फेरबदेल हुँदैनः अर्थमन्त्री महत

गठबन्धन फेरबदेल हुँदैनः अर्थमन्त्री महत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १६ गते शनिबार १२:०४

राष्ट्रिय स्वतन्त्र पाटीलाई लक्षित गर्दै अर्थमन्त्री महतले आकाशको जून तारा झार्छ भन्नलाई सजिलो भएको टिप्पणी गरे ।

पोखरा

अर्थमन्त्री प्रकाशशरण महतले गठबन्धन फेरबदल नहुने स्पष्ट पारेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेता नयाँ गठबन्धन बनाउन सक्रिय रहेको खबरमा सत्यता नभएको उनको जिकिर छ ।

संसदमा सबै दलसँग भेट भइरहने र त्यसकै आधारमा गठबन्धन नै फेरिन थाल्यो भन्ने अफवाह फैलाइएको बताए ।

प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले वर्तमान गठबन्धन नै अगाडि बढ्ने जिकिर गरे ।

राष्ट्रिय स्वतन्त्र पाटीलाई लक्षित गर्दै अर्थमन्त्री महतले आकाशको जून तारा झार्छ भन्नलाई सजिलो भएको टिप्पणी गरे ।

नेपाली कांग्रेस बोल्ने भन्दा देशको आवश्यकता अनुसार काम गरेर देखाउने पार्टी भएको दाबी गरे ।

महत्वकांक्षा, आवश्यकता र स्रोतबीचको ग्यापका कारण भनेजस्तो परिणाम दिने काम गर्न नसकेको उनले बताए ।

सामाजिक सञ्जालमका काम भन्दा कुरो बिक्ने उनको भनाइ छ ।

नयाँ पार्टीले एउटा मात्रै काम गरेपनि के के न ग¥यो भनेर देखाको देखाइ गरेको उनले आरोप लगाए ।

उनले भने, ‘मानौं कि उसैले मात्र गरिरा जस्तो । हामी त रातदिन यि काम गरिराछौं ।’

अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको दाबी गरे । वैदेशिक मुद्राको काफि सञ्चित रहेको बताए ।

प्रकाशित मिति २०८० असार १६ गते शनिबार १२:०४
हजुरको प्रतिक्रिया