२०८३ असोज २४ गते शनिबार

खुल्यो माछापुच्छ्रे गाउँपालिका–८ को वडा कार्यालयमा लागेको ताला

खुल्यो माछापुच्छ्रे गाउँपालिका–८ को वडा कार्यालयमा लागेको ताला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २० गते बुधबार ०७:२५

नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका ७ र ८ वडा कमिटीले वडा कार्यालयमा मंगलबार तालाबन्दी गरेको थियो ।

पोखरा

उपभोक्ता समिति अध्यक्षमाथि माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष राम गुरुङले कुटपीट गरेको भन्दै नेकपा एमालेले वडा कार्यालयमा लगाएको ताला खोलेको छ ।

नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका ७ र ८ वडा कमिटीले वडा कार्यालयमा मंगलबार तालाबन्दी गरेको थियो ।

उपभोक्ता समितिमाथि कुटपीट गर्ने वडाध्यक्षविरुद्ध जाहेरी दर्ता नभएकाले कारवाहीसहित राजीनामा माग गर्दै नेकपा एमालेले तालाबन्दी गरेको थियो ।

तर, पछि जाहेरी दर्ता भएपछि आफूहरुले ताला खोलेको माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान प्रमुख तथा नेकपा एमाले नेता कर्ण गुरुङले जानकारी दिए ।

‘हाम्रो माग नै वडाध्यक्षलाई कारवाही गर्न जाहेरी दर्ता दर्ता होस् भन्ने थियो । अहिले जाहेरी दर्ता भइसकेको भन्ने भएपछि ताला खोलिएको हो,’ गुरुङले भने ।

वडा कार्यालयमा लागेको तालाबन्दी खोलेर वार्तामा आउन माछापुच्छ्रे गाउँपालिकाले दुवै पक्षलाई आग्रह गरेको थियो ।

वर्षान्तसम्म वडाध्यक्ष गुरुङले खोराको मुख–उपल्लो इदी खोलासम्मको बाटो स्तरोन्नति नभएको भन्दै आफूमाथि अपशब्द बोल्दै हातपात गरेको उपभोक्ता समिति अध्यक्ष अमृत भण्डारीले बताएका छन् ।

उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो ।

प्रकाशित मिति २०८० असार २० गते बुधबार ०७:२५
हजुरको प्रतिक्रिया