२०८३ असोज २४ गते शनिबार

आज विश्व जनसंख्या दिवस

आज विश्व जनसंख्या दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २६ गते मंगलबार ०७:१९

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार अहिले विश्वको कुल जनसंख्या ८ अर्ब नाघेको छ । पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करीब तीन लाख वर्ष लागे पनि पछिल्लो १२ वर्षमै एक अर्ब थपिएको छ ।

पोखरा

आज विश्व जनसंख्या दिवस । हरेक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाइन्छ । सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरे अनुसार सन् १९९० देखि यो दिवस मनाउन लागिएको हो । यो वर्ष दिवसको नारा महिला र बालिकाहरूको स्वास्थ्य र अधिकारको संरक्षण गर्दै कोभिड १९ को प्रभवलाई कम गर्ने भन्ने रहेको छ ।

सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । बढ्दो जनसंख्याका कारण पर्यावरणमा पर्ने असर, विकास लगायतका क्षेत्रमा पर्ने असरका बारेमा जनचेतना जनाउन आवश्यक ठानेर राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार अहिले विश्वको कुल जनसंख्या ८ अर्ब नाघेको छ । पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करीब तीन लाख वर्ष लागे पनि पछिल्लो १२ वर्षमै एक अर्ब थपिएको छ ।

स्वास्थ्य प्रणालीमा सुधार, स्वच्छ खानेपानी र सरसफाइ तथा खाद्यान्नको उत्पादकत्व दरमा सुधारपछिको पोषणका कारण संसारभरि बढी उमेर बाँच्ने मानिसको संख्या बढिरहेको छ । साथै, धेरै देशमा जनसंख्या उत्पादकत्व दर पनि धेरै छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ ।

प्रकाशित मिति २०८० असार २६ गते मंगलबार ०७:१९

हजुरको प्रतिक्रिया