२०८३ कात्तिक १० गते सोमबार

बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित

बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २२ गते सोमबार ०२:५३

बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने थप ११ जनाको मृत्यु भएको छ। याे २४ घण्टामा मृत्यु भएका ११ जनासँगै नेपालमा कोरोनाका कारणा मृत्यु हुनेकाे संख्या ३०० पुगेको छ।

११ जनाको मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने थप ११ जनाको मृत्यु भएको छ। याे २४ घण्टामा मृत्यु भएका ११ जनासँगै नेपालमा कोरोनाका कारणा मृत्यु हुनेकाे संख्या ३०० पुगेको छ। ।

स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति २०७७ भदौ २२ गते सोमबार ०२:५३
हजुरको प्रतिक्रिया