पोखरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहकी उनकाे आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षकाे उमेरमा निधन भएको हो।
रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहान अस्पताल लगिएकोमा आज बिहान साढे ८ बजे निधन भएको हो ।
नेकपा माओवादी केन्द्रकी सल्लाहाकार समेत रहेकी उनको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा २ घण्टा राखिने माओवादीले जानकारी दिएको छ । पार्टीका अनुसार २ बजे उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । प्रधानमन्त्री तथा दाहाल परिवारलाई समवेदना दिन विभिन्न दलका शीर्ष नेता तथा उच्च पदस्थ कर्मचारीहरु नर्भिक अस्पताल पुगेका छन् ।
प्रकाशित मिति २०८० असार २७ गते बुधबार ०९:३०