२०८३ असोज २४ गते शनिबार

सामाजिक सञ्जाल मर्यादित बनाउन ठोस कदम चाल्ने मन्त्री शर्माको भनाई

सामाजिक सञ्जाल मर्यादित बनाउन ठोस कदम चाल्ने मन्त्री शर्माको भनाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २८ गते बिहीबार ०४:२७

बिहीबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कानून बनाएर नै सामाजिक सञ्जाल नियमन गर्ने बताइन् ।

काठमाडौं

सञ्चार तथा सुचना प्रविधीमन्त्री रेखा शर्माले, सामाजिक सञ्जाललाई मर्यादीत बनाउन ठोस कदम चाल्ने बताएकी छिन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कानून बनाएर नै सामाजिक सञ्जाल नियमन गर्ने बताइन् ।

‘सामाजिक संञ्जालको विषयमा हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी समाजिक सञ्जाललाई मर्यादीत गर्न ठोस कदम चाल्ने छौं ।’ उनले भनिन् ‘आमसञ्चार माध्यमलाई थप जिम्मेवार बनाउन पे्रस काउन्सिल नेपाल मार्फत पत्रकार आचारसंहिता कार्यन्वयनमा जोड दिईएको छ। ’

उनले आवश्यक कानून तर्जुमा गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी समेत दिइन् ।

प्रकाशित मिति २०८० असार २८ गते बिहीबार ०४:२७
हजुरको प्रतिक्रिया