२०८३ साउन २१ गते बिहीबार

देशभरका संक्रमित २ लाखभन्दा धेरै, बुधबार देशभर थप २६ काे ज्यान गयाे

देशभरका संक्रमित २ लाखभन्दा धेरै, बुधबार देशभर थप २६ काे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २६ गते बुधबार ०६:२७

पाेखरा । नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्याले २ लाख नाघेको छ । बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हालसम्म काेराेनाका कारण देशभर ११ सय ७४ जनाले ज्यान...

बुधबार २ हजार ५६९ जना संक्रमित थपिए

पाेखरा । नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्याले २ लाख नाघेको छ । बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हालसम्म काेराेनाका कारण देशभर ११ सय ७४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी देशभर काेराेना संक्रमणपछि निकाे भएर घर फर्कनेकाे संख्या १ लाख ६२ हजार २४३ पुगकाे छ भने १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार १७७ पुगेको हो ।

प्रकाशित मिति २०७७ कात्तिक २६ गते बुधबार ०६:२७
हजुरको प्रतिक्रिया