२०८३ असोज २४ गते शनिबार

सुन प्रकरण गृहमन्त्रीको स्टन्टबाजी होः ज्ञवाली

सुन प्रकरण गृहमन्त्रीको स्टन्टबाजी होः ज्ञवाली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ९ गते मंगलबार ०५:५६

सुन प्रकरणले गृहमन्त्रीलाई असफल सावित गरेको उनको दाबी छ ।

पोखरा

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रचण्ड सरकारले छानेर मात्रै भ्रष्टाचारका फाइल खोलेको आरोप लगाएका छन् । आफू निकटका फाइल टेबुलको घर्रामा थन्काएर राजनीतिक सौदाबाजी गरेको उनको टिप्पणी छ ।

उनले राजनीतिक प्रतिशोध साँधेर भ्रष्टचारको फाइल खुलेकोसमेत बताए । मंगलबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले पछिल्लो सुन तस्करी प्रकरणलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजनीतिक स्टन्टको संज्ञा दिए ।

‘यो भन्दा अगाडि त्यो कम्पनिले २१/२२ चोटी त्यही ढंगका सामानहरु ल्याइसकेको रहेछ । के खण्डखातिर प¥यो यो चोटि पक्राउ गरियो’, उनको आशंका छ ।

सुन प्रकरणले गृहमन्त्रीलाई असफल सावित गरेको उनको दाबी छ । गृहमन्त्रीले के के नै गरे भनेर चर्चा गर्नुपर्ने कारणै नभएको उनको भनाइ छ । ‘कसैलाई छाड्दिन भनेर गृहमन्त्री भन्नुभाछ । तर्साउने काम भयो । नभए काम गरेर देखाउनुप¥यो’, उनले भने ।

उनले सरकार नै भ्रष्टारमुक्त भएर भ्रष्टचारको फाइल खोल्न सुझाव दिए । ‘आफ्नो हात सफा नगरीकन तपाईले टेबुल पनि सफा गर्न सक्नुहुन्न । कोठा पनि सफा गर्न सक्नुहुन्न । शरीरभरी हिलोको छिटाहरु बोकेर अरुलाई म सफा गर्छु भन्ने कुराको अर्थ हुदैन । त्यसका लागि सरकार आफू क्लिन हुनुप¥यो’, उनले भने ।

प्रकाशित मिति २०८० साउन ९ गते मंगलबार ०५:५६

हजुरको प्रतिक्रिया