२०८३ असोज २४ गते शनिबार

राप्रपा केन्द्रीय कार्यालय भत्काउने तयारीमा काठमाडाैं महानगर

राप्रपा केन्द्रीय कार्यालय भत्काउने तयारीमा काठमाडाैं महानगर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १६ गते मंगलबार ११:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय २१ दिन भित्र खाली गर्ने भएको छ । सोमबार काठमाडौं महानगरपालिकाले राप्रपाको भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको र भवनको नक्सा पास पनि...

२१ दिन भित्र आफैं खाली गर्छाैं -राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय २१ दिन भित्र खाली गर्ने भएको छ ।

सोमबार काठमाडौं महानगरपालिकाले राप्रपाको भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको र भवनको नक्सा पास पनि नरहेको उल्लेख गर्दै हटाउन भनेको थियो ।
महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको थियो ।

महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरेका थिए ।

यसैबीच राप्रपाले आज एक विज्ञप्ति जारी गर्दै महानगरको सूचना बमोजिम २१ दिन भित्र भवन खाली गर्ने जानकारी महानगरलाई दिएको छ । यस्को जानकारी राप्रपाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि दिएको छ ।

प्रकाशित मिति २०८० साउन १६ गते मंगलबार ११:४१
हजुरको प्रतिक्रिया