२०८३ साउन २१ गते बिहीबार

विश्वकीर्तिमान कायम गरेका पर्वतारोहीको भव्य स्वागत

विश्वकीर्तिमान कायम गरेका पर्वतारोहीको भव्य स्वागत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २० गते शनिबार ०१:५८

काठमाडौं तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ । शनिबार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन ९लामा० लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत...

काठमाडौं

तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ ।

शनिबार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन ९लामा० लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेकी थिईन् ।

पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघ लगायत विभन्नि पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीहरु विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति २०८० साउन २० गते शनिबार ०१:५८
हजुरको प्रतिक्रिया