२०८३ असोज २४ गते शनिबार

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै सकियो माओवादी केन्द्रीय कमिटीको बैठक

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै सकियो माओवादी केन्द्रीय कमिटीको बैठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २१ गते आइतबार ०६:४३

बैठकले सबै प्रदेशहरुमा इन्चार्ज तोकेको छ । जसअनुसार कोशी प्रदेशमा चन्द्रप्रकाश खनाल, मधेश प्रदेशमा लिलामणि पोखरेल, बागमतीमा जर्नादन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव, सुदुरपश्चिममा डिलाराम आचार्यलाई जिम्मेवारी दिइएको छ

२५ बुँदे समसामयिक प्रस्ताव पारित

पोखरा

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक समापन भएको छ ।

काठमाडौंस्थित प्रज्ञाभवनमा पाँचदिनदेखि चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको हो । बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले अभियान भाद्र १६ गतेदेखि सुरु भइ तिन महिनासम्म चल्ने बताए ।

उनले यस अभियानका क्रममा पार्टीको नेता तथा कार्यकताहरु जनताको घरदैलोमा जाने र पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय कमिटी बैठकको मर्मलाई जनतासमक्ष सम्प्रेषण गर्ने बताए। अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ प्रदेशको ७ वटा वडामा जाने र सबै पदाधिकारीहरुले कम्तिमा एउटा वडा जिम्मा लिने निर्णय भएको उनले जानकारी दिए ।

त्यसैगरी बैठकले नेताहरुको कार्यविभाजन पनि गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम हेर्ने निर्णय भएको छ । गृहमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारको कामको साथै प्रवास प्रदेशको पनि जिम्मेवारी दिइएको उपाध्यक्ष महराले जानकारी दिए । त्यसैगरी उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चा र पार्टी एकता, अग्नि प्रसाद सापकोटालाई प्रचार विभाग तथा प्रवक्ताको जिम्मेवारी दिइएको छ । जनवर्गिय संगठनको इन्चार्ज पम्फा भुसाललाई दिइएको छ । जनवर्गिय संगठनमध्ये शिक्षक, कर्मचारी, प्राध्यापक र सांस्कृतिक क्षेत्रको इन्चार्ज भने दिनानाथ शर्मालाई दिइएको छ ।

बैठकले सबै प्रदेशहरुमा इन्चार्ज तोकेको छ । जसअनुसार कोशी प्रदेशमा चन्द्रप्रकाश खनाल, मधेश प्रदेशमा लिलामणि पोखरेल, बागमतीमा जर्नादन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव, सुदुरपश्चिममा डिलाराम आचार्यलाई जिम्मेवारी दिइएको छ । त्यस्तैगरी प्रवासमा नारायणकाजी श्रेष्ठ र पार्थ क्षेत्री, विशेष प्रदेशमा वर्षमान पुन र सम्पर्क समन्वय प्रदेशमा पार्थ क्षेत्रीलाई जिम्मेवारी दिइएको उपाध्यक्ष महराको भनाई छ ।

बैठकले २५ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मिति २०८० साउन २१ गते आइतबार ०६:४३
हजुरको प्रतिक्रिया