२०८३ साउन २१ गते बिहीबार

फैलिँदै आँखा पाक्ने रोग

फैलिँदै आँखा पाक्ने रोग

विनोद ढुंगाना

@Public 4K Tv

२०८० साउन २२ गते सोमबार ०५:१९

गण्डकी प्रदेशकै एकमात्र आँखा रोगको विशेषज्ञ अस्पताल हिमालय आँखा अस्पतालमा गएको मंगलबारदेखि आइतबारसम्म मात्रै १ हजार ५७३ जना बिरामी आँखा पाक्ने रोग लिएर उपचार गराउन आएको अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले जानकारी दिइन् ।

बालबालिका बढी प्रभावित

पोखरा
– आँखा दुख्ने, सुनिने, रातो हुने
– घाममा आँखा खोल्न अप्ठ्यारो हुने
– विहान उठ्दा कचेराले आँखा खोल्न गाह्रो हुने
– आँखाबाट आँसु खसिरहने

के तपाईको आँखामा पनि यस्तै समस्या देखिएको छ ? याद गर्नुस, यो लक्षण आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ को हो ।

जुन रोग देशभर तीव्र गतिमा फैलिरहेको छ । गण्डकी प्रदेशमा पनि आँखा पाक्ने समस्या विकारल रुपमा फैलिएको छ । विशेषत विद्यार्थीमा धेरै संक्रमण फैलिएपछि कास्की र तनहुँमा त विद्यालय नै बन्द हुन थालेका छन् ।

अस्पतालमा समेत बिरामीको चाप बढेको छ ।

गण्डकी प्रदेशकै एकमात्र आँखा रोगको विशेषज्ञ अस्पताल हिमालय आँखा अस्पतालमा गएको मंगलबारदेखि आइतबारसम्म मात्रै १ हजार ५७३ जना बिरामी आँखा पाक्ने रोग लिएर उपचार गराउन आएको अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले जानकारी दिइन् ।

त्यसमा पनि ९१८ जना बालबालिका छन् ।

‘अस्पतालमा आउनेमा चाहिँ बच्चाहरुमा धेरै संक्रमण देखिएको छ । बच्चाहरुबाट घरपरिवारमा सरिरहेको देखिन्छ’, उनले भनिन्, ‘बच्चाले आफ्नो आँखाको सुरक्षा गर्न नसक्ने कारणले गर्दा धेरै फैलिएको हो ।’

आइतबार मात्रै अस्पताल आएका मध्य ६२९ बिरामी आँखा पाक्ने ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ का संक्रमित थिए । तीमध्ये ३६० जना बालबालिका हुन् ।

सोमबार त विहानैदेखि अस्पतालमा बिरामीको झनै भीड बढेको छ । आँखा पाक्ने रोगले ग्रसित भएपछि जिल्ला जिल्लाबाट आएका बिरामीले भीड बढेको हो ।

हिमालयन आँखा अस्पतालमा उपचार गराउन आएका बिरामीको भीड ।

आँखा पाक्ने रोग कसरी सर्छ त ? डा. श्रेष्ठ भन्छिन्, ‘यो हावाबाट सर्दैन । हाम्रो आँखाको तरल पदार्थबाट भाइरस ट्रान्समिसन हुन्छ । हातमा संक्रमितको आँसु प¥यो भने त्यहाँबाट सर्छ ।’

संक्रमितले प्रयोग गरेको ?माल, साबुन, चस्मा, औषधि लगायत अ?ले प्रयोग गर्दा संक्रमण सजिलै सर्ने उनले बताइन् । ‘संक्रमण हुनै नदिन हामीले बेलाबेलामा साबुन पानीले हात धोइराख्नपर्छ । कतैं छोएपछि आँखामा छुन सक्ने भएकाले हातु धुनुपर्छ’, डा. श्रेष्ठ भन्छिन्, ‘यदि साथीभाइ, परिवारका सदस्य कसैको आँखा पाकेको छ भने उनीह?ले प्रयोग गरेको सामाग्री प्रयोग नगर्ने हो भने पनि संक्रमण सर्दैन ।’

आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न र लक्षण देखिएपछि अस्पताल जान डा. श्रेष्ठको सुझाव छ । ‘आँखा पाक्यो भनेर कति जनाले आँखा खोलेर पानी छ्याप्छन्, त्यो चाहिँ गर्नुहुदैन् । किनभने आँखा खोलेर पानी छ्याप्नाले झनै घाउ हुने र संक्रमण फैलने सम्भावना धेरै हुन्छ ।’ एक जनाले प्रयोग गरेको औषधि अर्को व्यक्तिले प्रयोग गर्न नहुने उनी सल्लाहा दिन्छिन् ।

आँखा पाक्ने समस्या भएपछि अस्पताल आएका बालकको आँखा परिक्षण गर्दैै हिमालयन आँखा अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठ ।

आँखा पाक्ने रोग निको नहुन्जेल आइसोलेसनमा बसेको खण्डमा फैलने दर कम हुने चिकित्सकहक बताउँछन् । आँखा पाक्ने रोग निको हुन हप्ता दिनदेखि २४ दिनसम्म समय लाग्छ। जटिल समस्या आउन नदिन बेलामै अस्पताल जानु उचित हुने चिकित्सवको भनाइ छ ।

सोमबार आँखा पाक्ने रोगको उपचार गराउन हिमालय आँखा अस्पताल आएका निकै छोटो समयमा संक्रमित भएका भेटिए । पोखरा–१८ सेदीका सुवास तामाङले संक्रमित छोरालाई भेटेको केही बेरमै आँखामा संक्रमण देखिएको बताए ।

आँखा पाक्ने समस्या ग्रसित भएर अस्पताल आएका पोखरा–१७ सेदीका सुवास तामाङ ।

‘मेरो बाबुलाई हिजो विहानदेखि आँखा पाक्न थालेको रहेछ । म मर्निङ वाकबाट फर्कदा मोबाइल हेरिराथ्यो । किन स्कुल नगएको भनेको आँखा पाकेछ भन्यो’, उनले भने, ‘खान खाएपछि एकछिन आराम गर्छु भनेर १ घण्टा सुतेर उठेको त आँखा चिपचिप कचेरा आरैछ । ऐनामा हेर्दा हल्का रातो भइसकेको रहेछ ।’ विहानै उठेर उपचार गराउन अस्पताल आएको उनले सुनाए ।

प्रकाशित मिति २०८० साउन २२ गते सोमबार ०५:१९
हजुरको प्रतिक्रिया