२०८३ साउन २१ गते बिहीबार

माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपा सँग पार्टी एकता गर्ने

माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपा सँग पार्टी एकता गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २० गते सोमबार ०३:४२

नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने सहमति गरेको छ ।

माओवादी केन्द्रले नेकपा सँग पार्टी एकता गर्ने सहमति

काठमाडौं ।
नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने सहमति गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए । उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ । ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ,’ सापकोटाले भने, ‘वार्ता टोली बनाएर छलफल थाल्ने छौं ।’

प्रकाशित मिति २०८२ साउन २० गते सोमबार ०३:४२
हजुरको प्रतिक्रिया