२०८३ साउन २१ गते बिहीबार

नाँच्दै, गाउँदै, नारा घन्काउँदै (तस्बिरहरु)

नाँच्दै, गाउँदै, नारा घन्काउँदै (तस्बिरहरु)

विनोद ढुंगाना

@Public 4K Tv

२०८० साउन २४ गते बुधबार ०२:५४

आदिवासी जनजातीको कला संस्कृति झल्कने गीतसंगीत समेत ¥यालीमा प्रस्तुत गरेका छन् ।

पोखरा

२९ औं विश्व आदिवासी दिवसमा पोखरामा ¥याली निकालिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद्ले वृहत ¥याली निकालेको हो ।

पोखराको चिप्लेढुंगाको मानवअधिकार चोकबाट सुरु भएको ¥याली महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक हुँदै सभागृहलमा पुगेर कार्यक्रममा परिणत भयो ।

¥यालिमा अधिवक्ता भगवती पाण्डेलाई कारवाहीको माग गर्दै नारा लगाइयो ।

आदिवासी जनजाति मन्त्रालय गठन, आदिवासी जनजाति विश्वविद्यालय गठन, जातीय विभेदको अन्त्य, मातृभाषा शिक्षाको लागू, हरेक अंगमा समानुपातिक समावेशिता लागुको माग गर्दै नाराबाजी गरे ।

आदिवासी जनजातीको कला संस्कृति झल्कने गीतसंगीत समेत ¥यालीमा प्रस्तुत गरेका छन् । स्रष्टा सम्मान र विविध साँस्कृतिक कार्यक्रम भइरहेको छ ।

 

   

प्रकाशित मिति २०८० साउन २४ गते बुधबार ०२:५४
हजुरको प्रतिक्रिया