काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकारले सुन प्रकरणमा छानबिन समिति बनाउन नदिएर आँफै छानबिन गर्छु भन्नु गम्भीर आपत्तिको कुरा भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली ः देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा उनले, भने ‘सुन प्रकरणको छानबिन किन आफैं गर्छु भन्नुहुन्छ ? यसको अर्थ र रहस्य गम्भीर छ । यो यतिकै छानविन गर्न नदिएको हैन नी ? छानबिन मात्र गर्न नदिएको हैन प्रतिपक्षले उठेर सुन तस्करिको छानविन भन्ने वित्तिकै सत्ता पक्ष जराकजुरुक उठेर हा हु हा हु गर्छन् । केही सुन्न र भन्न पाईदैन् । ’
यही सरकारको पालामा २२ पल्ट सुन तस्करी भएको र एक पटक समातिएको र त्यसको पनि आँफैले छानबिन गर्छु भन्नु गम्भीर आपत्तिको कुरा भएको बताएका छन् ।
‘उनको विरुद्ध २२ पल्ट सुन तस्करी भयो । एक पल्ट पक्राउ प¥यो । २२ क्विन्टल पास भईसक्यो । पक्राउ पर्दाको कहानी बेग्लै छ । यहाँहरु छानबिन समिति निश्पक्ष समिति बनाउन मान्नु हुन्न । हामी छानबिन गरिहाल्छौं नि भन्ने । ए बा बा तपाईहरुले नै छानबिन चाही किन गर्नु प¥र्यो ? पहिले एयरपोर्टमा चाँहि किन गर्नु भएन् । सियो र्छिदैन् २२ क्विन्टल सुन कसरी छि¥र्यो ?’ उनले भने ।




