२०८३ साउन २१ गते बिहीबार

शालिक हटाउने महानगरको निर्णयप्रति कांग्रेस कास्कीको आपत्ति

शालिक हटाउने महानगरको निर्णयप्रति कांग्रेस कास्कीको आपत्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २८ गते आइतबार ०६:००

विज्ञप्तीमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि अनुरोध गरिएको छ ।

पोखरा
पोखरा सडकमा रहेका शालिकहरु एक महिनाभित्र हटाउने पोखरा महानगरको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले आइतबार विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् । विश्व आदिवासी जनजाती दिवसका दिनमा गत बिहिबार लखन थापा मगरको प्रतिमा मुन्तिर राखिएको पृथ्वी नारायण शाहको प्रतिमा हटाइएको थियो । त्यसपछि राप्रपा कास्कीले त्यसको विरोध गर्दै पृथ्वीचोकमा नाराबाजी गरेको थियो । त्यसलगत्तै पोखराका मेयर धनराज आचार्यले सर्वदलीय सर्वपक्षीय बैठक डाकेर १ महिनाभित्र पोखराका सडकमा रहेका शालिकहरुलाई हटाउने निर्णय ग¥यो । ती शालिकको व्यवस्थापन पोखरा १८ मा रहेको विभुति पार्कमा गरिने निर्णय भएको थियो ।

सो सर्वदलीय बैठकमा कांग्रेसका प्रतिनिधिहरु पनि उपस्थित थिए तर कांग्रेस कास्कीको संलग्नता नरहेको भन्दै आइतबार त्यसको विरोधमा विज्ञप्ती जारी गरिएको छ ।

विज्ञप्तीमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि अनुरोध गरिएको छ । विज्ञप्तीमा भनिएको छः ‘पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनीतिक पार्टीहरुको धारणाले मात्रै सम्बोधन गर्न सक्दैन । यसैले पोखरालाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली कांग्रेस कास्की अनुरोध गर्दछ । ’

प्रकाशित मिति २०८० साउन २८ गते आइतबार ०६:००
हजुरको प्रतिक्रिया